लक्ष्मी बैंकको वीरगंज शाखा स्थानान्तरण

काठमाडौं । लक्ष्मी सनराइज बैंकले पर्साको वीरगंज महानगरपालिकास्थित आफ्नो शाखा स्थानान्तरण गरेको छ ।

बैंकको वीरगंज महानगरपालिका-६, स्थित आदर्शनगर चोकमा रहेको शाखालाई वडा न. ८ स्थित लिंक रोड (अघिल्लो शाखा स्थानबाट करिब १ किमी मिटर उत्तर–पूर्वतर्फ) स्थानान्तरण गरिएको हो ।

स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरुले आदर्शनगरमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्नेछन् ।

स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरुलाई सबै प्रकारका रिटेल बैंकिङ सेवाहरु प्रदान गर्नेछ ।

हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३२० एटीएम, २८ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैंकिङ एजेन्ट रहेका छन् ।

पर्यटक कुर्दै पोखराका करिब १२०० होटल, आगामी सिजनका लागि गर्दैछन् यस्तो तयारी Read Previous

पर्यटक कुर्दै पोखराका करिब १२०० होटल, आगामी सिजनका लागि गर्दैछन् यस्तो तयारी

बिलबिजक नभएका १३ करोड बढीका सामान बरामद Read Next

बिलबिजक नभएका १३ करोड बढीका सामान बरामद