सुनको मूल्यले बनायो हालसम्मकै महँगोको रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै महँगोको रेकर्ड बनाएको छ । पछिल्लो समय हप्तैपिच्छे जस्तो नयाँ रेकर्ड बनाउँदै आएको सुनको मूल्यले आज फेरि नयाँ कीर्तिमान बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ५३ हजार ४०० रुपैयाँ पुगेको छ ।

यो नेपाली बजारमा अहिलेसम्मकै महँगो हो । यसअघि भदौ १३ गते सुनको भाउ प्रतितोला १ लाख ५३ हजार २०० रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ५१६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँ घटेर १७८० रुपैयाँमा कारोबार भइरहेको छ ।

बढ्न थाल्यो कर्जाको माग, भदौ लागेपछि दैनिक डेढ अर्ब ऋण लगानी Read Previous

बढ्न थाल्यो कर्जाको माग, भदौ लागेपछि दैनिक डेढ अर्ब ऋण लगानी

राजस्व परिचालन रणनीति जारी, ५ वर्षमा यसरी गरिँदै छ करको दायरा विस्तार Read Next

राजस्व परिचालन रणनीति जारी, ५ वर्षमा यसरी गरिँदै छ करको दायरा विस्तार