एनएलजी इन्स्योरेन्सको हकप्रद संशोधन, पहिलाकोभन्दा घट्यो

काठमाडौं । एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर संशोधन भएको छ । कम्पनी संचालक समितिको भदौ २४ गते बसेको बैठकले यसअघि प्रस्तावित हकप्रद सेयर संशोधन गरेको हो ।

कम्पनीले अब हाल कायम चुक्ता पूँजीको ६२.५६ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । यसअघि ६६ प्रतिशत हकप्रद सेयर प्रस्ताव गरेको थियो ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार ९५८ रुपैयाँ रहेको छ भने हकप्रद निष्काशनपछि २ अर्ब ५० करोड २५ लाख १५ हजार ७०१ रुपैयाँ पुग्नेछ ।

प्रस्तावित हकप्रद नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि जारी हुनेछ ।

गुराँस लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ? Read Previous

गुराँस लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

उद्योगीले आफूले प्रयोग गरेको डेडिकेटेड र ट्रंक लाइनको महसुल तिर्नुपर्छ : ऊर्जामन्त्री Read Next

उद्योगीले आफूले प्रयोग गरेको डेडिकेटेड र ट्रंक लाइनको महसुल तिर्नुपर्छ : ऊर्जामन्त्री