प्रतिकित्ता ५ हजार माथि पुगेको आत्मनिर्भर लघुवित्तको सेयर किन्दा कति फाइदा ?

काठमाडौं । पछिल्लो समय आत्मर्निर लघुवित्त वित्तीय संस्थाको सेयर ‘हटकेक’ बनेको छ । भदौ यता नेप्से लगातार ओरालो लागे पनि आत्मनिर्भरको मूल्य भने दैनिक पोजेटिभ सर्किट लाग्दै आएको छ ।

भदौमा नेप्से परिसूचक करिब ३५० अंकले घट्दा आत्मनिर्भरको सेयर मूल्य भने प्रतिकित्ता २ हजार भन्दा धेरैले बढेको छ । भदौ १ गते प्रतिकित्ता २९२२ रुपैयाँ रहेको लघुवित्तको सेयर मूल्य भदौ २३ गते इन्ट्राडेमा ५६२४ रुपैयाँसम्म पुगेको थियो । यसको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ५ हजार ८५ रुपैयाँ छ ।

लघुवित्तको सेयर मूल्यमा एकोहोरो उछाल आउनुमा स्वार्थ समूहहरूले चलखेल गरेको आशंक गरिएको छ । हालै कम्पनीको वित्तीय अवस्थामा उल्लेख्य सुधार आएको छैन भने बम्पर लाभांश दिन सक्ने अवस्था पनि छैन । तर, हरेक दिन अन्तिम समयमा कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लाग्नुले चलखेल गरी मूल्य बढाइएको आशंक गरिएको हो ।

नेप्सेमा हाल ४८ लघुवित्त सूचीकृत छन् । तीमध्ये केही लघुवित्तको आत्मनिर्भर भन्दा पनि अब्बल छ । तर, थोरै सेयर संख्या भएका आधारमा मात्रै आत्मनिर्भरको एकोहोरो सेयर मूल्य बढाइएको छ । लघुवित्तको साधरण सेयर २ लाख २३ हजार ८१७ कित्ता मात्रै छ । सेयर संख्या अति नै न्यून भएकाले स्वार्थ समूहले सजिलै चलखेल गर्न सक्छन् ।

आत्मनिर्भर अघिल्लो वर्ष मात्रै नेप्सेमा सूचीकृत भएको कम्पनी हो । यसले पहिलोपटक गत वर्ष १५ प्रतिशत मात्रै लाभांश दिएको थियो । यस वर्ष पनि लाभांश बाँड्न मिल्ने रकम भए पनि खराब कर्जा १३ प्रतिशत बढी भएकाले राष्ट्र बैंकले अनुमति दिने सम्भावना छैन । यस्तोमा लहडको भरमा महँगोमा यस लघुवित्तको सेयर किन्नु जोखिमपूर्ण देखिन्छ ।

कस्तो छ लघुवित्तको वित्तीय अवस्था ?

लघुवित्तको वित्तीय अवस्था खस्कँदो क्रममा रहेको छ । लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ७१.२६ प्रतिशतले घटेको हो ।

लघुवित्तले गत आवको असार मसान्तसम्ममा १ करोड ३९ लाख रुपैयाँ कमाएको छ । यो अघिल्लो आव २०८०र८० को तुलनामा ३ करोड ४७ लाख रुपैयाँ कम हो । लघुवित्तले अघिल्लो वर्ष असारसम्म ४ लाख ८६ हजारु रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी सामान्य बढे पनि सञ्चालन नाफा घट्दा र खराब कर्जा ह्वात्तै बढ्दा नाफामा भारी गिरावट आएको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३.५७ प्रतिशतले बढेर १२ करोड ३८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ३ करोड ३८ लाख रुपैयाँ संचालन मुनाफामा रहेको लघुवित्तको गत वर्ष यस्तो नाफा ८ करोड ६१ लाख रुपैयाँ ऋणात्मक भएको छ ।

समीक्षा अवधिमा लघुवित्तले ८६ करोड १५ लाख रुपैयाँ निक्षेप र १४ करोड ८१ लाख रुपैयाँ सापटी लिई कुल १ अर्ब ४७ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।

हाल ६ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको रिजर्भ एण्ड सरप्लसमा १९ करोड ८७ लाख रुपैयाँ संचित छ ।

नाफा घटेसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा पनि भारी गिरावट आएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ७७.९७ रुपैयाँबाट घटेर २०.३७ रुपैयाँ झरेको छ ।

यस अवधिमा लघुवित्तको खराब कर्जा ७.५८ प्रतिशतबाट बढेर १३.२२ प्रतिशतमा झरेको छ ।

आइफोन-१६ सिरिज सार्वजनिक, मूल्य कति ? Read Previous

आइफोन-१६ सिरिज सार्वजनिक, मूल्य कति ?

गुराँस लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

गुराँस लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?