जावलाखेलमा गुडिरहेको गाडी माथि ढल्यो पोल

काठमाडौं । ललितपुरको जावलाखेलमा गुडिरहेको गाडी माथि बिजुलीको पोल ढलेको छ ।

सोमबार अपराह्नपख जावलाखेलस्थित टेलिकम पछाडिको सडकमा गुडिरहेकाे माइक्रो भ्यान माथि विद्युत् पोल ढलेको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार पोल ढलेर गाडीमा क्षति पुगे पनि कुनै मानवीय क्षति भने भएको छैन ।

अहिले प्रहरी र महानगर प्रहरीले पोलमा रहेको तारहरू काटेर गाडी निकाल्ने प्रयास गरिरहेका छन् ।

मनास्लु जाने पर्यटकबाट गाउँपालिकाले पदयात्रा शुल्क उठाउने Read Previous

मनास्लु जाने पर्यटकबाट गाउँपालिकाले पदयात्रा शुल्क उठाउने

नेप्सेमा बेस्ट फाइनान्सको हकप्रद सेयर सूचीकृत Read Next

नेप्सेमा बेस्ट फाइनान्सको हकप्रद सेयर सूचीकृत