सानिमा बैंकका ग्राहकले श्री एयरलाइन्समा ५०० रुपैयाँ छुट पाउने

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङ्गका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न श्री एयरलाइन्समा विशेष छुटको व्यवस्था गरेको छ ।

सानिमा बैंकको भिसा डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग (क्यूआर स्क्यान) गरी डिजिटल भुक्तानी गर्दा श्री एयरलाइन्सको टिकटमा ५०० रुपैयाँको छुट पाउने छन् ।

छुटका लागि ग्राहकहरूले श्री एयरलाइन्सको काउन्टरबाट भुक्तानी गर्नु पर्नेछ ।

बैंकले यसैगरी ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उल्लेख छ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरू तथा १२४ वटा एटीएमहरू संचालनमा रहेका छन् ।

चाडपर्व सुरू हुनु अगावै सडकका खाल्डाखुल्टी पुर्न निर्देशन Read Previous

चाडपर्व सुरू हुनु अगावै सडकका खाल्डाखुल्टी पुर्न निर्देशन

गलैँचाको कच्चा पदार्थ आयातमा भ्याट छुटको माग Read Next

गलैँचाको कच्चा पदार्थ आयातमा भ्याट छुटको माग