भगवती हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । भगवती हाइड्रोपावरे गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनी संचालक समितिको भदौ २१ गते बसेको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र करसहति १०.७३६८ प्रतिशत नगद गरी कुल १४.७३६८ लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले उक्त लाभांश पारित गर्न असोज १६ गते तेह्रौं वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीको सभा नेपा अर्पण ब्यांक्वेट, थापागाउँ, काठमाडौंमा बिहान ११ बजे सुरू हुनेछ ।

कम्पनीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि भदौ असोज २ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार असोज १ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

औसतमै ८ प्रतिशत तल झर्यो बैंकको बेसरेट, कुनबाट ऋण लिँदा सस्तो ? Read Previous

औसतमै ८ प्रतिशत तल झर्यो बैंकको बेसरेट, कुनबाट ऋण लिँदा सस्तो ?

'गरिबी निवारण तथा ग्रामिण अर्थतन्त्र विकासका लागि लघुवित्त अभियान अपरिहार्य' Read Next

'गरिबी निवारण तथा ग्रामिण अर्थतन्त्र विकासका लागि लघुवित्त अभियान अपरिहार्य'