एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

बैंक संचालक समितिको भदौ २१ गते बसेको बैठकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५.५३ प्रतिशत नगद गरी कुल १५.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ३० प्रतिशत लाभांश दिनसक्ने क्षमता भए पनि आधा मात्र दिएको छ ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

जीवन बीमा कम्पनीलाई पुरानै पोलिसीको भर, साउनमा उठाए साढे १८ अर्ब Read Previous

जीवन बीमा कम्पनीलाई पुरानै पोलिसीको भर, साउनमा उठाए साढे १८ अर्ब

एडीबीबाट सवा १५ अर्ब सहुलियतपूर्ण ऋण सहायता लिइने Read Next

एडीबीबाट सवा १५ अर्ब सहुलियतपूर्ण ऋण सहायता लिइने