पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दीपकराज जोशी नियुक्त भएका छन् ।

बोर्डको बिहीबार बसेको सञ्चालक समितिको बैठकले जोशीलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।

जोशी यसअघि पनि बोर्डको सीईओ भइसकेका थिए । उनले सन् २०१५-२०२० सम्म बोर्डको सीईओका रुपमा काम गरिसकेका छन् ।

यसअघि बोर्डको कार्यकारी प्रमुख छनोटका लागि गठन भएको उपसमितिले जोशीसहित तीन जनाको नाम सिफारिस गरेको थियो । उपसमितिले बोर्डका पूर्व सीईओ धनञ्जय रेग्मी र ज्ञानेश्वर सिंह महतोको नाम पनि सिफारिस गरेको थियो ।

नियुक्त भइसकेपछि संक्षिप्त प्रतिक्रिया दिँदै आफूले फेरि पनि बोर्डको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएको बताए । ‘परिस्थितीको प्रतिकुलता, स्रोतको शिथिलता र आफूप्रतिको पर्यटन क्षेत्रको अपेक्षाका बीचमा प्रतिफल देखाउनुपर्ने दायित्व छ,’ उनले भने, ‘यो चुनौती पनि हो र मेरा लागि प्रेरणा पनि हो ।’

डलरको भाउले बनायो नयाँ रेकर्ड, अर्थतन्त्रमा कस्तो पर्छ असर ? Read Previous

डलरको भाउले बनायो नयाँ रेकर्ड, अर्थतन्त्रमा कस्तो पर्छ असर ?

जीवन बीमा कम्पनीलाई पुरानै पोलिसीको भर, साउनमा उठाए साढे १८ अर्ब Read Next

जीवन बीमा कम्पनीलाई पुरानै पोलिसीको भर, साउनमा उठाए साढे १८ अर्ब