दुई कम्पनीको सेयर लिलामीमा आयो, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत दुई कम्पनीको संस्थापक सेयर लिलामीमा आएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र नेपाल इन्स्योरेन्सको संस्थापक सेयर आजदेखि लिलामीमा आएको हो ।

यी कम्पनीका विद्यमान संस्थापकहरूले आफ्नो नाममा रहेको सेयर लिलामीमार्फत बेच्न लागेका हुन् । दुई कम्पनीको झण्डै डेढ लाख कित्ता सेयर लिलामीमा आएको हो ।

इन्भेष्टमेन्ट मेगाको ८३ हजार ७६ कित्ता संस्थापक सेयर लिलामीमा आएको छ । कम्पनीको सेयरमा आजको ३५ दिन भित्र आवेदन दिनुपर्नेछ ।

हाललाई बैंकको लिलामी सेयरमा विद्यमान संस्थापक सेयरधनीमा मात्र आवेदन दिन पाउने छन् । लगानीकर्ताले सेयर शाखा लाजिम्पाटमा आवेदन दिनुपर्नेछ ।

त्यसैगरी, नेपाल इन्स्योरेन्सको ६६ हजार ५६६ कित्ता संस्थापक सेयर लिलामीमा आएको छ । कम्पनीको सेयर मूल्य न्यूनतम ३०० रुपैयाँ नघटाई असोज २ गतेसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले न्यूनतम १ हजार देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । नेपालको सेयर बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल, लाजिम्पाट काठमाडौं पुग्नेगरी आवेदन पेश गर्नुपर्नेछ ।

 

निर्जीवन बीमा व्यवसाय ८ प्रतिशतले बढ्यो, सगरमाथा लुम्बिनी आक्रमक बन्दै Read Previous

निर्जीवन बीमा व्यवसाय ८ प्रतिशतले बढ्यो, सगरमाथा लुम्बिनी आक्रमक बन्दै

बैंकमा पैसा थुप्रिएपछि एकैदिन ४० अर्ब तान्दै राष्ट्र बैंक Read Next

बैंकमा पैसा थुप्रिएपछि एकैदिन ४० अर्ब तान्दै राष्ट्र बैंक