ह्याविट्याट पावरले आइपीओ ल्याउँदै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाडौँ । ह्याविट्याट पावर कम्पनी लिमिटेडले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

सिंगटी हाइड्रो इनर्जी प्रमुख प्रबद्र्धक रहेको कम्पनीले आफ्नो जारी पूँजी ५५ करोड रुपैयाँको २० प्रतिशत आइपीओ जारी गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँदरले ११ करोड रुपैयाँँ बराबरको ११ लाख कित्ता सेयर सर्वसाधारणहरूमा जारी गर्न लागेको हो ।

कम्पनीले आइपीओ निष्काशनका लागि मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सेयर निष्कासन सम्बन्धी सम्झौतापत्रमा ह्याविट्याट पावर कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष वटु लामिछाने तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवीन्द्र ध्वज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

कम्पनीले जारी पूँजीको १० प्रतिशत (५ लाख ५० हजार कित्ता) आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधरणलाई ५ लाख ५० हजार कित्ता सेयर जारी गर्नेछ ।

कम्पनीले आइपीओ निष्काशनका लागि मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सेयर निष्कासन सम्बन्धी सम्झौतापत्रमा ह्याविट्याट पावर कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष वटु लामिछाने तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवीन्द्र ध्वज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

नारायणगढ-मुग्लिन सडकका दुई पुल दशैंअघि नै सञ्चालनमा ल्याइने Read Previous

नारायणगढ-मुग्लिन सडकका दुई पुल दशैंअघि नै सञ्चालनमा ल्याइने

नबिल बैंकको अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित Read Next

नबिल बैंकको अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित