तारा एयरले असोज ४ देखि रामेछाप-लुक्ला नियमित उडान गर्ने

काठमाडौं । तारा एयरले असोज ४ गते (सेप्टेम्बर २०) देखि रामेछाप–लुक्ला-रामेछाप नियमित उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।

पर्यटकीय सिजन सुरु भएसँग एयरलाइन्सले नियमित उडान तालिका सार्वजनिक गरेको हो । सगरमाथा क्षेत्रमा जाने पर्यटकका लागि विभिन्न वायुसेवा कम्पनीले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लासम्म पर्यटक सिजनमा उडान गर्दै आएका छन् ।

यो सिजनका लागि तारा एअरको दुई वटा ट्वीनअटर विमानले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लाका लागि दैनिक १० देखि १५ उडान गर्ने तालिका बनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधिक हवाई ट्राफिक बढेसँगै पछिल्लो समय एयरलाइन्सहरुले रामेछापको मन्थलीलाई आधार बनाई लुक्लाका लागि उडान भर्दै आएका हुन् । रामेछाप विमानस्थलमा ताराका दुईवटै विमानले रात्रि बिसान गरी डिसेम्बर १५ सम्म नियमित उडान गर्ने तालिका रहेको जानकारी तारा एयरले जानकारी दिएको छ ।

ताराले रामेछापदेखि लुक्लाको साथै काठमाडौँदेखि लुक्ला, फाप्लु, पोखराबाट जोमसोम तथा नेपालञ्जबाट रारा, हुम्ला, बाजुरा, जुम्ला, डोल्पालगायतका दुर्गम क्षेत्रमा उडान सेवा दिँदै आएको छ ।

विमानस्थलमा धावनमार्ग विस्तार, एकैपटि उडान चाप भइरहेको व्यवस्थापनमा सहज हुने सुरक्षा अधिकृत बर्तौलाको भनाइ छ । उनले रामेछाप विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणले यात्रुको सुविधाका लागि राम्रो प्रबन्ध गरेकाले एयरलाइन्सको उडानमा सहज हुने बताए ।

उक्त विमानस्थलमा आठ वटा पार्किङ, एक्सरे मेसिन पनि जडान भएकाले यात्रुलाई सजिलो भएको छ । यस्तै लुक्लामा एक्सरे मेसिन सञ्चालनमा आएकाले यात्रु व्यवस्थापनमा सहज हुने कम्पनीले जनाएको छ ।

१४० मेगावाटको तनहुँ हाइड्रोपावरको विद्युतगृहको कङ्क्रिटको काम सकियो Read Previous

१४० मेगावाटको तनहुँ हाइड्रोपावरको विद्युतगृहको कङ्क्रिटको काम सकियो

नर्वेले विद्युतीय कार बिक्रीमा बनायो कीर्तिमान, बजार हिस्सा ९४ प्रतिशत पुग्यो Read Next

नर्वेले विद्युतीय कार बिक्रीमा बनायो कीर्तिमान, बजार हिस्सा ९४ प्रतिशत पुग्यो