सानिमा बैंकका ग्राहकले नोथिङ र सीएमएफ ब्राण्डका मोबाइल किन्दा ७.४% छुट पाउने

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङ्गका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सीजी मोबाइल प्राइभेट लिमिटेडमा विशेष छुटको व्यवस्था गरेको छ ।

यस अन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड मार्फत सीजी मोबाइलमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा ग्राहकहरूलाई विशेष छुटको पाउने भएका हुन् ।

नोथिङ तथा सीएमएफ ब्राण्डका मोबाइल फोनको खरिदमा ७.४ प्रतिशतसम्म र इयर बड तथा अन्य एक्सेसरीजको खरिद गर्दा ९ प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्ने सक्नेछन् ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरू तथा १२४ वटा एटीएमहरू संचालनमा रहेका छन् ।

 

भैरहवामा १० हजार किलोलिटरको पेट्रोलियम भण्डारण गृह बनाइँदै, जग्गा व्यवस्थापन अन्तिम चरणमा Read Previous

भैरहवामा १० हजार किलोलिटरको पेट्रोलियम भण्डारण गृह बनाइँदै, जग्गा व्यवस्थापन अन्तिम चरणमा

सरकारले शर्तसहित डीडीसीलाई ६० करोड ऋण दिने Read Next

सरकारले शर्तसहित डीडीसीलाई ६० करोड ऋण दिने