एनएमबी बैंकले ३ अर्बको अग्राधिकार सेयर जारी गर्ने, ८.५% लाभांश दिने

काठमाडौं । एनएमबी बैंकले अविमोच्य असंचित अग्राधिकार सेयर (सेयर रकम फिर्ता नहुने) जारी गर्ने भएको छ ।

भदौ १४ गते बसेको बैंक संचालक समितिको बैठकले प्रतिकित्ता १०० रुपैयाँ दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता कित्ता अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको हो ।

उक्त सेयर बैंकले व्यक्तिगत तवरबाट संस्थागत लगानीकर्तालाई मात्र बिक्री गर्ने जनाएको छ । बैंकका अनुसार उक्त अग्राधिकार सेयरमा लगानी गर्नेले वार्षिक ८.५ प्रतिशत प्रतिफल पाउने छन् ।

पूँजीकोषको दबाबमा रहेको बैंकले पूँजी कोष व्यवस्थापनका लागि अग्राधिकार सेयर जारी गर्न लागेको हो । नेपाल राष्ट्र बैंकले केही महिना अघि पूँजी कोष व्यवस्थापनका लागि अग्राधिकार सेयर जारी गर्न पाउने व्यवस्था गरेको थियो ।

तोकिएको पूँजीकोष कायम गर्न नसके बैंकहरुलाई थप कर्जा विस्तारमा समस्या हुन्छ । साथै, कुनै आर्थिक वर्षको कुनै अवधिमा तोकिएको पूँजीकोष अनुपात कायम गर्न नसके राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाउँछ ।

तल्लो अरुण हाइड्रोपावर बनाउन १.४० अर्ब मुआब्जा बाँडिने, २६८ परिवार प्रभावित हुने Read Previous

तल्लो अरुण हाइड्रोपावर बनाउन १.४० अर्ब मुआब्जा बाँडिने, २६८ परिवार प्रभावित हुने

माछापुच्छ्रे बैंकका कार्ड होल्डरले बिगमार्टमा २०० रुपैयाँ क्यासब्याक पाउने Read Next

माछापुच्छ्रे बैंकका कार्ड होल्डरले बिगमार्टमा २०० रुपैयाँ क्यासब्याक पाउने