सञ्चय कोषले गर्यो सेयरमा ३० अर्ब बढी लगानी, बैंकमा पौने २ खर्ब मौज्दात

काठमाडौं । कर्मचारी सञ्चय कोषले विभिन्न कम्पनीहरूकाे धितोपत्रमा मात्रै सवा ३० अर्ब रुपैयाँ लगानी गरेको छ ।

कोषले सार्वजनिक गरेको विवरण अनुसार २०८१ असार मसान्तसम्मा धितोपत्रमा ३० अर्ब ३२ करोड ९ लाख रुपैयाँ लगानी गरेको हो ।

गत वर्ष मात्रै कोषले थप १७ करोड ६० लाख रुपैयाँ धितोपत्रमा लगानी गरेको छ । २०८० असार मसान्तसम्ममा कोषले धितोपत्रमा ३० अर्ब १४ करोड ९३ लाख रुपैयाँ लगानी गरेको थियो । कोषले विभिन्न आयोजना, परियोजना तथा संस्थामा ऋण तथा सेयर लगानी गर्छ ।

त्यस्तै, गत असार मसान्तसम्म कोषको बैंक तथा वित्तीय संस्थामा मौज्दात रकम १ खर्ब ६७ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । गत वर्ष मात्रै कोषले २० अर्ब बैंक मौज्दात बढाएको छ । । २०८० असार मसान्तसम्म कोषको मौज्दात १ खर्ब ४७ अर्ब २१ करोड रुपैयाँ थियो ।

कोषका अनुसार गत असारम सान्तसम्म २ खर्ब ६० अर्ब ५० करोड ५३ लाख रुपैयाँ सञ्चयकर्तालाई कर्जा तथा सापटी दिएको छ । त्यस्तै, कोषले परियोजना तथा संगठित संस्थाहरूलाई ९० अर्ब ३७ करोड कर्जा तथा सापटी प्रदान गरेको छ ।

त्यस्तै, कोषमा सञ्चयकर्ताको सञ्चय कोषमा ५ खर्ब १८ अर्ब ४७ करोड रुपैयाँ मौज्दात छ भने निवृत्तभरण कोषमा ११ अर्ब २१ करोड रुपैयाँ छ । जगेडा कोष तथा बचतमा ३५ अर्ब ५० करोड छ । कोषको जम्मा कोष तथा जगेडामा ५ खर्ब ६५ अर्ब १९ करोड ६२ लाख रुपैयाँ छ ।

कोषको कुल सम्पति ५ खर्ब ७१ अर्ब ३२ करोड ७५ लाख पुगेको छ । कोषका सञ्चयकर्ताको संख्या ५ लाख ८२ हजार छन ।

सञ्चयकर्ताले कोषबाट विशेष सापटी, घर सापटी, शैक्षिक ऋण, सरल कर्जा र घर मर्मत सापटी शीर्षकमा ऋण सुविधा पाउँछन् । कोषले दुर्घटना क्षतिपूर्ति योजना, काजक्रिया अनुदान खर्च, सुत्केरी तथा शिशु हेरचाह योजना र सञ्चयकर्ता औषधोपचार तथा घातक रोग बीमा योजना गरी सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

अझै सञ्चालनमा आएन ६ वर्षअघि सम्पन्न हुनुपर्ने रातोढुंगा सबस्टेशन Read Previous

अझै सञ्चालनमा आएन ६ वर्षअघि सम्पन्न हुनुपर्ने रातोढुंगा सबस्टेशन

उपत्यकाको सार्वजनिक यातायात व्यवस्थापन प्रभावकारी बनाउन 'स्टेरिङ कमिटी' गठन Read Next

उपत्यकाको सार्वजनिक यातायात व्यवस्थापन प्रभावकारी बनाउन 'स्टेरिङ कमिटी' गठन