नेप्सेमा भीषण पहिरो, परिसूचक २८०० बिन्दु तल झर्यो

काठमाडौं । सेयर बजारमा लगातार उच्च अंकको गिरावट आएको छ । आइतबार एकैदिन ८० अंकले घटेको नेप्से आज झण्डै ११२ अंकले घटेको हो । पछिल्ला दुई कारोबार दिनमै नेप्से १९२ अंकले घटेको छ ।

गत असार १७ गते यता डेढ महिनामै झण्डै १ हजार अंकले बढेको नेप्सेमा नाफा बुक गर्नेहरु हाबी हुँदा उच्च अंकको गिरावट आएको हो । बजारलाई प्रभावित पार्ने खासै कारण नभए पनि लगानीकर्ताले प्रफिट बुक गर्दा गिरावट आएको हो ।

सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ८३ करोड रुपैयाँले घटेर १८ अर्ब ६४ करोड रुपैयाँमा झरेको छ ।

मंगलबार नेप्से परिसूचक १११.९६ अंकले घटेर २७८२.६० बिन्दुमा आइपुगेको छ । आज ३३० कम्पनीको ४ करोड ३८ लाख ६८ हजार ९७० कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये होटल बाहेक अरु सबै समूहको परिसूचक घटेको छ । आज बैंकिङ समूहको परिसूचक सबैभन्दा धेरै ४.९२ प्रतिशतले घटेको छ । त्यस्तै, विकास बैंक, फाइनानस र लगानी समूहको परिसूचक पनि ४ प्रतिशतले घटेको छ ।

आज हिमालयन रि इन्स्योरेन्सको ६५ करोड ४२ लाख रुपैयाँको सेयर किनबेच भएको हो । त्यस्तै, अपि पावरको ५१ करोड ७५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज कारोबारमा आएका कम्पनीमध्ये २० कम्पनीको मात्र मूल्य बढेको छ भने २२३ कम्पनीको घटेको छ ।

घट्दो बजारमा पनि आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । तारागाउँ रिजेन्सी, आत्मनिर्भर लघुवित्त र दोल्ती पावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

आज नेपाल फाइनान्सका सेयरधनीले भने ठ्याक्कै प्रतिशत गुमाएका छन् ।

प्रस्तावित १७ राजदूतविरुद्ध संसदीय समितिमा ९ वटा उजुरी Read Previous

प्रस्तावित १७ राजदूतविरुद्ध संसदीय समितिमा ९ वटा उजुरी

डेडिकेटेड र ट्रंक लाइन विवादमा प्रतिपक्षी आक्रमक, २२ अर्ब उठाएर देखाउन प्रधानमन्त्रीलाई चुनौती Read Next

डेडिकेटेड र ट्रंक लाइन विवादमा प्रतिपक्षी आक्रमक, २२ अर्ब उठाएर देखाउन प्रधानमन्त्रीलाई चुनौती