काठमाडौं । एनआइसी एसिया बैंकले बेस्ट डिजिटल बैंकिङ अवार्ड जितेको छ । इण्डियन चेम्बर अफ कमर्सको ‘दोस्रो आइसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड’ अन्तर्गत नेपालको एन्आइसी एसियाले ‘बेस्ट डिजिटल बैंकिङ अवार्ड’ जितेको हो ।
२०२४ अगष्ट २३ मा भारतको नयाँदिल्लीमा आयोजित ‘बैंकिङ कनक्लेभ २०२४’ कार्यक्रममा एनआइसी एसिया बैंकले उक्त अवार्ड प्राप्त गरेको हो ।
उक्त अवार्डमा बिमस्टेक अन्तर्गत नेपालसहित भारत, श्रीलंका, भुटान, म्यानमार लगायतका राष्ट्रका बैंकहरुले विभिन्न आठ विधामा प्रतिस्पर्धा गरेका थिए । जसमा नेपालबाट एनआइसी एसियाले पनि अवार्ड प्राप्त गर्न सफल भएको हो ।
यस अवार्डमा उत्कृष्ट बैंक छनौट गर्नका लागि इण्डियन चेम्बर अफ कमर्स अन्तर्गतको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचकहरु निर्धारण गरेको थियो ।
अवार्ड पाउँदा डिजिटल बैंकिङको क्षेत्रमा अझ बढी काम गर्ने उत्प्रेरणा जागेको बैंकले जनाएको छ । ‘डिजिटल फस्ट बैंक’बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ सेवाहरू क्रमिक रुपले डिजिटल माध्यममा रुपान्तरण गरिरहेको बैंकले जनाएको छ ।