विश्व बजारमा महँगियो कच्चा तेलको भाउ, ४ दिनमै ५ प्रतिशत बढ्यो

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ आकाशिएको छ । विश्वका ठूला तेल उत्पादक देशहरू तेल उत्पादनभन्दा पनि मौज्दात घटाउनतिर सक्रिय भएपछि मूल्य बढ्न थालेको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यम आयल प्राइसले अमेरिकासहित विश्वव्यापी मौज्दात केही घटेसँगै मूल्यमा चाप पररेको जनाएको छ । अमेरिकी ऊर्जा सूचना प्रशासनका अनुसार पछिल्लो दुई महिनामै तेलको मौज्दात ३ करोड ४६ लाख ब्यारेल घटेको छ ।

पछिल्लो ५ दिनमै कच्चा तेलको भाउ औसत ५ प्रतिशतले बढेको छ । सोमबार विश्व बेन्चमार्क ब्रेन्ट क्रुड आयलको भाउ १ प्रतिशतले बढेर प्रतिब्यारेल ७९.६७ डलर पुगेको छ । ५ दिन अघि (अगस्ट २१) ब्रेन्टको भाउ प्रतिब्यारेल ७६ डलर थियो ।

यसैगरी, आज ओपेक बेन्चमार्क डब्ल्यूटीआइ क्रुड आयलको भाउ ७५.५० डलर पुगेको छ । ५ दिन अघि यसको भाउ प्रतिब्यारेल ७१ डलर थियो । यस्तै, मुर्बान क्रुड आयलको भाउ प्रतिब्यारेल ७९ डलर पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै त्यसको प्रत्यक्ष असर नेपालमा पनि पर्छ । नेपालले अहिले सिधै अन्तर्राष्ट्रिय बजारबाट तेल खरिद नगरी भारतसँग खरिद गरेर ल्याउने गरेको छ । विश्व बजारमा कच्चा तेलको भाउ बढ्दा भारतमा पनि बढ्ने हुनाले त्यसको प्रभाव नेपालमा पनि पर्छ ।

नेपाल आयल निगमले २०८० साउन १ गतेदेखि स्वचालित मूल्य प्रणाली लागू गरेको छ । सो अनुसार भारतबाट भाउ बढेर आए नेपालमा पनि बढ्ने र घटेर आए घट्ने गर्छ । अहिले विश्व बजारमा भाउ बढिरहेकाले आगामी दिनमा नेपालमा पनि तेलको भाउ बढ्ने सम्भावना देखिन्छ ।

प्रतिघण्टा १५० किमीको स्पीडमा चल्ने 'पोडवे',  देशका आधादर्जन ठाउँमा बनाउने योजना Read Previous

प्रतिघण्टा १५० किमीको स्पीडमा चल्ने 'पोडवे', देशका आधादर्जन ठाउँमा बनाउने योजना

पोलिसी सरेन्डर निरुत्साहित गर्न नेपाल लाइफद्वारा चेतनामूलक भिडियो सार्वजनिक Read Next

पोलिसी सरेन्डर निरुत्साहित गर्न नेपाल लाइफद्वारा चेतनामूलक भिडियो सार्वजनिक