ग्लोबल आइएमई बैंकका ग्राहकले क्राउन ल्याब्रोटोरीमा २५% छुट पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टर (के-ल्याब) मा ल्याबमा २५ प्रतिशत छुट पाउने भएका छन् ।

बैंक र ल्याब बीच छुट सम्बन्धी विशेष सम्झौता भएको हो । उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका बागमती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र ल्याबका तर्फबाट प्रशासनिक निर्देशक कान्ती थापाले हस्ताक्षर गरे ।

समझदारी अनुसार बैंकको ग्राहकहरूले क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टर (के-ल्याब), नक्साल र बौद्धमा उपलब्ध ल्याबसम्बन्धी सेवा बापतको भुक्तानीको लागि बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोग गर्दा २५ प्रतिशत छुट पाउनेछन् ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

गरिमा विकास बैंक 'द बेस्ट बैंक इन एसेट्स क्वालिटी' अवार्डबाट सम्मानित Read Previous

गरिमा विकास बैंक 'द बेस्ट बैंक इन एसेट्स क्वालिटी' अवार्डबाट सम्मानित

मुग्लिन-ऑबुखैरेनी सडकखण्ड ४ घण्टा बन्द Read Next

मुग्लिन-ऑबुखैरेनी सडकखण्ड ४ घण्टा बन्द