काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफबाट लाभांश घोषणा गरेको छ ।
इन्स्योरेन्स संचालक समितिको भदौ ७ गते बसेको बैठकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद गरी कुल १०.५२६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
साथै कम्पनीले बीमा समितिले तोकेको ५ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन बोनस वितरणपछि कायम हुने चुक्ता पूँजीको ७ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणाको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।