एसियाली विकास बैंकले नेपाललाई थप सहयोग गर्ने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई थप सहयोग गर्ने भएको छ । एडीबीका कार्यकारी निर्देशक सुपक चाइयावानले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको भेटमा नेपालसँगको विकास साझेदारी रणनीतिमार्फत थप सहयोग गर्ने जानकारी दिएका हुन् ।

सन् २०२५ देखि २०२९ सम्म सञ्चालन हुने विकास साझेदारी रणनीतिमार्फत एडीबीले तीन तहको सरकारको क्षमता अभिवृद्धि, निजी क्षेत्रलाई प्रोत्साहन र शिक्षा क्षेत्रमा सहयोग गर्नेछ । विश्व बैंकसँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन हुनेछ ।

अर्थमन्त्री पौडेलले एडीबीको सहयोगबाट सञ्चालित कार्यक्रमहरु प्रभावकारी रुपमा अघि बढ्ने विश्वास व्यक्त गरे । एडीबीका कार्यकारी निर्देशक चाइयावानले नेपालको अर्थतन्त्र समस्यामा रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलको नेतृत्वमा अर्थतन्त्र गतिशिल हुने विश्वास व्यक्त गरेका थिए ।

एडीबीले नेपालमा पूर्वाधार विकास, शिक्षा, वातावरण लगायतका क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएकोमा राष्ट्रसंघद्वारा स्वागत Read Previous

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएकोमा राष्ट्रसंघद्वारा स्वागत

मेची भन्सारबाट ई-रिक्सा आयात बढ्यो, १० हजार बढी युनिट आयात Read Next

मेची भन्सारबाट ई-रिक्सा आयात बढ्यो, १० हजार बढी युनिट आयात