सप्ताहव्यापी खिचापोखरी-न्यूरोड व्यापार मेला सुरू, ६० प्रतिशतसम्म छुट

काठमाडौं । काठमाडौँको खिचापोखरी न्यूरोड क्षेत्रको व्यवसाय प्रवर्द्धन गर्न सप्ताहव्यापी खिचापोखरी–न्यूरोड व्यापार मेला सुरु भएको छ ।

खिचापोखरी न्यूरोड व्यापार सङ्घको आयोजनामा सुरु भएको मेलामा उपभोक्तालाई सहुलियत मूल्यमा ‘रेडिमेड’ कपडा तथा जुत्ता बिक्री गरिने सङ्घका अध्यक्ष सागर शाक्यले जानकारी दिए।

आजदेखि सुरु भएको मेला भदौ ११ गतेसम्म सञ्चालन हुनेछ । मेलामा सर्ट, पाइन्ट, टिसर्ट, रेडिमेड गार्मेन्ट र जुत्ताहरु ४० देखि ६० प्रतिशतसम्म छुटमा पाइने सङ्घका वरिष्ठ उपाध्यक्ष भरत बडालले बताए ।

कुल ६०० व्यवसायी रहेको खिचापोखरी न्यूरोड क्षेत्रमा वर्षको दुईपटक यस्ता मेला आयोजना गरिने वरिष्ठ उपाध्यक्ष बडालले बताए ।

बजेटमा परेका निजी क्षेत्रका योजना हुँदैनन् लागू, २५% मात्रै पूर्ण कार्यान्वयन Read Previous

बजेटमा परेका निजी क्षेत्रका योजना हुँदैनन् लागू, २५% मात्रै पूर्ण कार्यान्वयन

भ्रष्टाचार निवारण विधेयक चाँडो टुङ्ग्याउन गृहमन्त्रीको आग्रह, सासंदले भने-'हदम्याद नराखौं' Read Next

भ्रष्टाचार निवारण विधेयक चाँडो टुङ्ग्याउन गृहमन्त्रीको आग्रह, सासंदले भने-'हदम्याद नराखौं'