नेप्सेमा झिनो अंकको वृद्धि, यी ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारले कमब्याक गरेको छ । आइतबार एकैदिन ३४ अंकले घटेको नेप्सेमा आज २ अंकको झिनो वृद्धि भएको हो ।

सूचकमा झिनो सुधार आए पनि आज कारोबार रकममा भने भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ९ अर्ब ९३ करोड रुपैयाँले घटेर १८ अर्ब ९० करोड रुपैयाँमा सीमित भएको छ ।

बुधबार नेप्से परिसूचक २.११ अंकले बढेर २९६८.४४ बिन्दुमा पुगेको छ । आज ३३७ कम्पनीको ४ करोड १४ लाख ५४ हजार ६११ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ मध्ये ८ समूहको परिसूचक घटेको छ भने ५ समूहको बढेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक ४.९९ प्रतिशतले बढेको छ भने व्यापार समूहको २.०९ प्रतिशतले घटेको छ ।

आज हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक ६६ करोड २ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, अपि पावरकोे ४५ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज कारोबारमा आएका कम्पनीमध्ये १०० कम्पनीको मूल्य बढेको छ भने १४० कम्पनीको घटेको छ ।

झिनो अंकले बढेको बजारमा आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स, दोल्ती पावर र मल्टीपर्पस फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

आज कर्णाली डेभलपमेन्ट बैंकका सेयरधनीले भने सर्वाधिक १० प्रतिशत गुमाएका छन् ।

१७ सरकारी अस्पतालको उपकरण मर्मतको जिम्मा आविष्कार केन्द्रलाई Read Previous

१७ सरकारी अस्पतालको उपकरण मर्मतको जिम्मा आविष्कार केन्द्रलाई

महासंघको पहलमा स्थापित १० अर्बको कम्पनीले स्टार्ट अपमा लगानी गर्ने Read Next

महासंघको पहलमा स्थापित १० अर्बको कम्पनीले स्टार्ट अपमा लगानी गर्ने