१७ सरकारी अस्पतालको उपकरण मर्मतको जिम्मा आविष्कार केन्द्रलाई

काठमाडौं । सरकारले १७ वटा संघीय अस्पतालहरूको बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रले पाएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको आविष्कार केन्द्रलाई दिएको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा बुधबार मन्त्रालय र केन्द्रबीच हस्ताक्षर भएको हो । सम्झौतापत्रमा मन्त्रालयका तर्फबाट गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा.मदन उपाध्याय र केन्द्रका अध्यक्ष पुनले हस्ताक्षर गरे ।

अस्पतालमा बिग्रिएर बसेका उपकरण मर्मतमा सघाउन मन्त्री पौडेलले केही दिनअघि पुनलाई आग्रह गरेका थिए । अब केन्द्रले हाल मन्त्रालय अन्तर्गतका १७ अस्पतालमा बिग्रिएर रहेका स्वास्थ्य उपकरणको अवस्थाबारे जानकारी लिने र त्यसपछि सम्भव भएका सबै उपकरणको मर्मत गर्नेछ ।

आइएमई लाइफ इन्स्योरेन्सको डेपुटी सीईओमा खिलेन्द्र पौडेल नियुक्त Read Previous

आइएमई लाइफ इन्स्योरेन्सको डेपुटी सीईओमा खिलेन्द्र पौडेल नियुक्त

नेप्सेमा झिनो अंकको वृद्धि, यी ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Next

नेप्सेमा झिनो अंकको वृद्धि, यी ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट