उठाएको आधा पैसा बैंकमै थुप्रियो, साढे ७ खर्ब निक्षेप थपिँदा पौने ३ खर्ब मात्रै लगानी

काठमाडाैं । गत आर्थिक वर्ष २०८०/८१ मा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १३ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आवमा बैंक तथा वित्तीय संस्थाहरुले ७ खर्ब ४२ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

रेमिट्या आप्रवाहमा उल्लेख्य वृद्धि हुँदा निक्षेप संकलन बढेको हो । गत वर्ष कीर्तिमानी झण्डै साढे १४ खर्ब रेमिट्यान्स भित्रिएको थियो ।

गत वर्ष निक्षेपमा उच्च वृद्धि भए पनि कर्जा लगानी भने सुस्त रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । अर्थतन्त्रमा आएको शिथिलताका कारण बैंक तथा वित्तय संस्थाहरुले लक्ष्य अनुसार कर्जा विस्तार गर्न नसकेका हुन् ।

गत आवमा बैंकहरुले संकलन गरेको आधा रकम पनि लगानी गर्न नसकेको देखिएको छ । वर्षदिनमा साढे ७ खर्ब निक्षेप संकलन गरेका बैंकहरुले जम्मा २ खर्ब ७६ अर्ब ९४ करोड रुपैयाँ मात्रै ऋण लगानी गरेका छन् । गत आवमा कर्जाको वृद्धिदर ५.८ प्रतिशत छ ।

गत वर्ष राष्ट्र बैंकले ११.५ प्रतिशतले कर्जा प्रवाह विस्तार गर्ने लक्ष्य राखेको थियो । तर, आर्थिक शिथिलताका कारण लक्ष्यको आधा मात्रै ऋण लगानी हुन सकेको हो ।

कर्जा लगानी नहुँदा पैसा बैंकिङ प्रणालीमा थुप्रिएर बसेको छ । हाल प्रणालीम झण्डै ७ खर्ब रुपैयाँ लगानी योग्य रकम छ ।

चालु आर्थिक वर्षमा राष्ट्र बैंकले निजी क्षेत्रतर्फ १२.५ प्रतिशतले कर्जा विस्तार गर्ने लक्ष्य तय गरेको छ ।

पर्यटकलाई आकर्षित गर्न १६० रोपनीमा 'ढुंगे बगैँचा' निर्माण Read Previous

पर्यटकलाई आकर्षित गर्न १६० रोपनीमा 'ढुंगे बगैँचा' निर्माण

स्वास्थ्य बीमाबाट भरतपुर अस्पतालले पायो १ अर्ब ८९ करोड Read Next

स्वास्थ्य बीमाबाट भरतपुर अस्पतालले पायो १ अर्ब ८९ करोड