नेपाली बजारमा नोकिया २.३ स्मार्टफोन, कति पर्छ मूल्य

काठमाडौं । स्मार्टफोन कम्पनी नोकियाले नयाँ मोडलको फोन नेपाली बजारमा भित्र्याएको छ।टेलिटक प्रालिसँगको साझेदारीमा नोकिया २.३ फोन भित्र्याइएको हो।

 

नोकिया २.३ इन्ट्री लेभलको स्मार्टफोन हो जस्मा ६.२ एचडी स्क्रीन, डुअल क्यामरा, दुई दिनसम्म ब्याट्री टिक्ने कम्पनीको दाबी छ।

 

कम्पनीका अनुसार नोकिया २.३ मा हेलियो ए२२ क्वाड- कोर प्रोसेसरले पावर दिएको हुन्छ। यसको डिभाइस सिपियू मा २ जिबी र्‍याम र ३२ जिबी स्टोरेज छ, तथा स्टोरेजको क्षमता माइक्रो एसडी कार्डद्वारा ५१२ जिबीसम्म बढाउन सकिन्छ।

 

यो मोबाइलको डुअल क्यामरामा पछाडि १३ मेगा पिक्सेल प्राइमरी सुटर र २ मेगा पिक्सेल डेफ्ट सेन्सर, त्यस्तैगरी अगाडि ५ मेगा पिक्सेलको वाटर ड्रप नोच सेल्फी सुटर लेन्स जडान गरिएको छ।

 

नेपालमा यसको मूल्य ११ हजार ९ सय ९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।

माथिल्लो भोटेकोशीबाट व्यावसायीक उत्पादन शुरु Read Previous

माथिल्लो भोटेकोशीबाट व्यावसायीक उत्पादन शुरु

धान उत्पादन ५० प्रतिशतले घट्यो Read Next

धान उत्पादन ५० प्रतिशतले घट्यो