शोधनान्तर स्थिति ५ खर्ब बचतमा, चालु खातामा सवा २ खर्ब

काठमाडौं । मुलुकको अर्थतन्त्रका बाह्य सूचकहरू बलियो देखिएका छन् । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आर्थिक वर्ष  २०८०/८१ को वार्षिक तथ्याङ्कमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअ नुसार विप्रेषण आप्रवाह अघिल्लो आवको भन्दा बढेको छ ।

विदेशी मुद्रा सञ्चिति सन्तोषजनक अवस्थामा छ भने शोधनान्तर स्थिति ५ खर्बभन्दा बढीले बचतमा छ । आयात र निर्यात दुवै घट्दा वैदेशिक व्यापार घाटा अघिल्लो आवको तुलनामा घटेको छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा चालु खाता २ खर्ब २१ अर्ब ३४ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्ष चालु खाता ४६ अर्ब ५७ करोड रुपैयाँले घाटामा रहेको थियो । गत आवमा पूँजीगत ट्रान्सफर २२.९ प्रतिशतले कमी आई ५ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रू. ८ अर्ब ४० करोड कायम भएको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर रू. ७ अर्ब ५४ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रू. ६ अर्ब १७ करोड रहेको थियो ।

गत आर्थिक वर्षमा शोधनान्तर स्थिति रू. ५ खर्ब दुई अर्ब ४९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रू. २ खर्ब ८५ अर्ब ८२ करोडले बचतमा रहेको थियो । विसं २०८० असार मसान्तमा रू. १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति ३२.६ प्रतिशतले वृद्घि भई २०८१ असार मसान्तमा रू. २० खर्ब ४१ अर्ब १० करोड कायम भएको छ ।

गत असार मसान्तमा मुलुकको वैदेशिक सम्पत्ति रू. २१ खर्ब ७६ अर्ब ९८ करोड तथा दायित्व रू. १८ खर्ब ९० अर्ब ६० करोड रहेको छ ।

नेप्सेमा करेक्सन, यी ४ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट Read Previous

नेप्सेमा करेक्सन, यी ४ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

लचिलो नीतिका बाबजुद घरजग्गा कारोबारमा आएन सुधार, साउनमा ५% घट्यो Read Next

लचिलो नीतिका बाबजुद घरजग्गा कारोबारमा आएन सुधार, साउनमा ५% घट्यो