काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शुक्रबार बिहानदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको हो ।
निगमका अनुसार पहिलो वर्गमा चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ रहेकामा अब १६२ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, दोस्रो वर्ग दोस्रो वर्गमा सुर्खेत र दाङमा प्रतिलिटर १६४ रुपैयाँँ र तेस्रो वर्ग पोखरा, काठमाडौँ, दीपायलमा प्रतिलिटर १६५ रुपैयाँँ कायम गरिएको छ ।
साथै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्ग १५२ रुपैयाँ, दोस्रो वर्ग १५४ रुपैयाँँ र तेस्रो वर्ग १५५ रुपैयाँँ कायम गरिएको निगमले जनाएको छ ।