अब सार्वजनिक बसमा जीपीएस र सीसीटीभी राख्नुपर्ने, यस्ता छन् गृहको १२ निर्देशन

काठमाडौं । सरकारले यात्रुबाहक सार्वजनिक सवारीसाधनमा जीपीएस ट्र्याकिङ प्रणाली र सीसीटीभी जडान गर्न निर्देशन दिएको छ ।

सिमलताल घटना अध्ययन प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई १२ बुँदे निर्देशन दिएको हो ।

गृहले सार्वजनिक सवारीसाधनमा अनलाइन टिकटको व्यवस्था मिलाउन, यात्रुहरूलाई अनिवार्य टिकट काटेर मात्र यात्रा गराउन भनेको छ ।

यस्तै, सार्वजनिक सवारी साधन चलाउने चालक र सहचालकलाई रोजगार सम्झौता अनिवार्य गर्नुका साथै न्यूनतम तलब, ज्यालाको व्यवस्था गरी सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गर्न पनि निर्देशन दिएको छ ।

साथै, शिष्ट, सभ्य र यात्रुमैत्री व्यवहारका लागि यातायात मजदुरहरूलाई प्रशिक्षित गर्न गृह मन्त्रालयले आग्रह गरेको हो।

चालकहरूलाई सुरक्षित ड्राइभिङसम्बन्धी नियमित रूपमा तालिम दिने, ट्राफिक नियमको पालना गर्न प्रेरित गर्ने र मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउन कठोर निगरानी गर्ने, लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्रुवाहक सार्वजनिक सवारीले कम्तीमा दुई जना चालक राख्ने व्यवस्थाको अनिवार्य पालना गर्ने, यातायात व्यवसायी तथा मजदुरहरूको आचारसंहिता बनाइ लागू गर्न पनि निर्देशन दिएको छ।

सरकारले १०० दिन भित्र गर्ने मुख्य कामबारे छलफल, चाँडै कार्यसम्पादन सम्झौता हुने Read Previous

सरकारले १०० दिन भित्र गर्ने मुख्य कामबारे छलफल, चाँडै कार्यसम्पादन सम्झौता हुने

नेप्सेमा सूचीकृत ६ होटल : चन्द्रागिरिको नाफा दोब्बर बढ्दा सिटी २० करोड घाटामा Read Next

नेप्सेमा सूचीकृत ६ होटल : चन्द्रागिरिको नाफा दोब्बर बढ्दा सिटी २० करोड घाटामा