शिखर इन्स्योरेन्सको नाफा दोब्बरभन्दा धेरैले बढ्यो, जगेडा कोषमा पौने २ अर्ब

काठमाडौं । शिखर इन्स्योरेन्सको खुद नाफामा उछाल आएको छ । कम्पनीले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १२६.८७ प्रतिशतले बढेको छ ।

गत असार मसान्तसम्म शिखरले ५१ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आव २०७९/८० को तुलनामा २९ करोड बढी हो । कम्पनीले अघिल्लो वर्ष २२ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो।

खुद बीमाशुल्क र खुद आम्दानी बढ्दा र खर्च घट्दा नाफामा सुधार आएको हो । समीक्षा अवधिमा इन्स्योरेन्स खुद बीमा शुल्क आम्दानी १३.३२ प्रतिशत बढेर १ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, कुल आम्दानी ४.०६ प्रतिशतले बढेर २ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, कम्पनीको यस अवधिमा लगानी कर्जा तथा अन्य आयबाट हुने आम्दानी भने १०.९९ प्रतिशतले घटेर ३३ करोड ४१ लाख रुपैयाँमा सीमित भएको छ ।

समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ९.८२ प्रतिशतले घटेर ९४ करोड ९७ लाख रुपैयाँमा झरेको छ । यस्तै, कुल खर्च ४.७४ प्रतिशतले घटेर १ अर्ब ८६ करोड रुपैयाँमा सीमित भएको छ ।

हाल २ अर्ब ६५ करोड चुक्ता पूँजी रहेको कम्पनीको विशेष जगेडा कोषमा १ अर्ब ७१ करोड रुपैयाँ संचित छ । त्यस्तै, महाविपत्ती कोषमा १४ करोड १२ लाख, रिटेन्ड अर्निङमा ३१ करोड ५१ लाख रुपैयाँ छ ।

खुद नाफा बढेसँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ८.५२ रुपैयाँबाट बढेर १९.३२ रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ २०४ं५९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३७.४२ गुणा छ ।

छिमेक लघुवित्तको खुद नाफा १ अर्ब, लाभांश क्षमता कति ? Read Previous

छिमेक लघुवित्तको खुद नाफा १ अर्ब, लाभांश क्षमता कति ?

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफामा उछाल, रिजर्भमा २.६२ अर्ब संचित Read Next

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफामा उछाल, रिजर्भमा २.६२ अर्ब संचित