काठमाडौं । हिमालयन बैंक लिमिटेडले स्वयम्भूमा रहेको शाखा काठमाडौं महानगरपालिका-१६, बालाजु चोकमा स्थान्तरण गरेको छ ।
हिमालयनले सिभिल बैंकलाई गाभेपछि स्वयम्भूमा नजिकै रहेको रहेका दुई शाखामध्ये एउटा शाखा बालाजु सारेको हो ।
शुक्रबारदेखि बालाजु शाखा नामबाट सम्पूर्ण बैंकिङ्क सेवा सुरु गरेको हो । बैंकको बालाजु शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले गरेका थिए ।
बैंकले हाल देशभरका १७४ शाखा कार्यालयहरू, २० विस्तारित काउन्टर, २६४ एटीएम, ६ हजार ५०० भन्दा बढी पोस टर्मिनल र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट आफ्ना ग्राहकहरूलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।