फरवार्ड माइक्रोफाइनान्सको नाफा ३०९% बढ्यो, वितरणयोग्य नाफा कति ?

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उछाल आएको छ । लघुवित्तले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ३०८.७२ प्रतिशतले बढेको छ ।

लघुवित्तले गत असार मसान्तसम्म ३२ करोड १३ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आव २०७९/८० को तुलनामा २४ करोड रुपैयाँ धेरै हो । अघिल्लो आवमा लघुवित्तले ७ करोड ८६ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी, संचालन मुनाफा बढ्दा र इम्पेयरमेन्ट चार्ज घट्दा नाफामा उछाल आएको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ८.०१ प्रतिशतले बढेर १ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, संचालन नाफा २९९.४१ प्रतिशतले बढेर ४६ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तले ८ अर्ब ९६ करोड रुपैयाँ निक्षेप संकलन गरी कुल १९ अर्ब ८९ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।

हाल १ अर्ब ५ करोड ५५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको रिटेन्ड अर्निङमा २६ करोड ६५ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ७२ करोड ८१ लाख रुपैयाँ संचित छ ।

समीक्षा अवधिमा लघुवित्तको वितरणयोग्य नाफा २६ करोड ६५ लाख रुपैयाँ छ । यसबाट कम्पनीले २५.२५ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी २३ रुपैयाँ बढेर ३०.४५ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ २८८.९६ रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा भने बढेको छ । अघिल्लो वर्ष ४.२६ प्रतिशत रहेको लघुवित्तको खराब कर्जा गत आवमा बढेर ८.८१ प्रतिशत पुगेको छ ।

फूलबारी-बंगलाबन्ध नाका खुल्यो, बंगलादेशसँगको व्यापार सुचारु Read Previous

फूलबारी-बंगलाबन्ध नाका खुल्यो, बंगलादेशसँगको व्यापार सुचारु

भारतीय विदेशसचिव मिस्री काठमाडौं आइपुगे Read Next

भारतीय विदेशसचिव मिस्री काठमाडौं आइपुगे