सनराइज क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश घोषणा

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलको व्यवस्थापनमा संचालित दुई म्युचुअल फण्डले गता आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट प्रतिफल घोषणा गरेका छन् ।

क्यापिटल संचालक समितिको साउन २४ गते बसेको बैठकले लाभांश घोषणा गरको हो ।

क्यापिटलका अनुसार ‘सनराइज फस्ट म्युचुअल फण्ड’का इकाईधनीलाई करसहित १२.५ प्रतिशत र ‘सनराइज फोकस्ड इक्विटी फण्ड’का इकाईधनीलाई करसहित ४.५ प्रतिशत नगद दिने निर्णय भएकाे छ ।

दुवै म्युचुअल फण्डको लगानी प्रबद्र्धक लक्ष्मी सनराइज बैंक रहेको छ ।

दरबारमार्ग-काठमाडौं प्लाजा सकडमा पर्यो भ्वाङ, सवारी आवगमन बन्द Read Previous

दरबारमार्ग-काठमाडौं प्लाजा सकडमा पर्यो भ्वाङ, सवारी आवगमन बन्द

बेलायतले दिने १३ अर्ब अनुदान लिने सरकारको निर्णय Read Next

बेलायतले दिने १३ अर्ब अनुदान लिने सरकारको निर्णय