दरबारमार्ग-काठमाडौं प्लाजा सकडमा पर्यो भ्वाङ, सवारी आवगमन बन्द

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित महेन्द्र सालिकबाट हात्तीसार (कृष्ण पाउरोटी)तर्फ आउने ‘वान वे’ सडक भासिएको छ ।

काठमाडौं महानगरपालिकाको कार्यालय रहेको काठमाडौं प्लाजा नजिकै टुकुचा खाेला माथिकाे सडकमा भ्वाङ परेको हो ।

उक्त सडक गए राति नै भासिएको ट्राफिक प्रहरीले बताएको छ । भासिएको ठाउँमा प्रहरीले डोरीले घेरा हालेर राखेका छ । यो सडक यसअघि पनि भासिएको थियो ।

उक्त सडकमा रातिदेखि नै सवारी चलाउन रोक लगाइएको छ । उक्त सडक सडक विभाग अन्तर्गत पर्दछ ।

यात्रु बीच विवाद भएपछि उडन लागेको श्री एयरलाइन्सको जहाज रनवेबाटै फर्काइयो Read Previous

यात्रु बीच विवाद भएपछि उडन लागेको श्री एयरलाइन्सको जहाज रनवेबाटै फर्काइयो

सनराइज क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश घोषणा Read Next

सनराइज क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश घोषणा