यी ७ स्वभाव जसले मानिसलाई व्यवसायीक रुपमा सफल हुन दिँदैन

संसारमा प्राय सबै मानिस ‘सफल’ हुन चाहन्छन् । यद्यपि थोरै मानिसहरुमात्र सफल हुन्छन् र धेरै असफल हुन्छन्, प्रचलित सफलताका मानकहरुको दृष्टिकोणले हेर्दा ।

 

आफूलाई असफल ठान्ने अधिकांश मानिसहरु आफ्नो ‘असफलता’को कारण आफैं पनि हुन सक्छु भनेर खासै सोच्दैनन् । अरु माथी दोष थोर्पछन् । आफ्ना स-साना बानीहरु सुर्धान सके मानिसहरु चल्तीको सफलताको मानकहरुको आधारमा सफल हुन पनि सक्छन् ।

 

तर, मानिसहरु आफ्नो बानी सुर्धान त्यति लागि पर्दैनन् । यहाँ त्यस्तै ७ बानीहरुको बारेमा चर्चा गरिनेछ जसलाई नसुधारी व्यवसायीक रुपमा सफल हुन निक्कै गाह्रो हुन्छ ।

 

कार्यालयमा अरुको कुरा काट्ने : कार्यालयमा अरुका व्यक्तिगत र व्यवसायीक सूचनाहरु खोतलेर बस्ने र त्यलाई फिँजाउने मानिसहरु व्यवसायीक रुपमा सफल हुन सक्तैनन् । यस्ता व्यक्तिहरुले आफ्नो अधिकांश समय कार्यालयको राजनीतिमा खर्चन्छन् । यस्ता मानिसहरुलाई सहकर्मीहरुले सहजै विश्वास गर्दैनन् । र, यस्ता मानिसहरुलाई साझेदार बनाउन वा अगाडि बढाउन हच्किन्छन् ।

 

‘यस म्यान’, अर्थात, आफ्नो मौलिक धारणा नभएकोः अरुको कुराले चाहिने भन्दा चाँडै प्रभावित हुने मानिसहरुलाई पनि सफल हुन गाह्रै पर्छ । उनीहरु हरेक कुरामा हुन्छ मात्र भन्ने गर्छन् । यस्ता व्यक्ति नराम्रा कुरा वा अनावश्यक बिषयहरुमा समेत नाई भन्न डराउने खालका हुन्छन् ।

 

त्यस्तो व्यवहार अर्को पक्षका लागि मिलनसार देखिए पनि आफ्नो सोचकै अभावका कारण यस्ता मानिसहरुलाई व्यवसायीक रुपमा अगाडि बढ्न गाह्रो हुन्छ । यस्तो स्वभावले आफ्ना प्राथमिकताहरु तय गर्न पनि दिदैंन । र, हाकिमहरुको चाकरीबाज भएको आरोप समेत लाग्ने गर्छ ।

 

नकारात्मक स्वभावः यो बानी चाँही ‘यस म्यान’को ठ्याक्कै उल्टो बानी हो । यस्तो स्वभाव भएको मानिसले अरुको सोच र दृष्टिकोणलाई सँधै निषेध गर्ने गर्दछ । आफ्ना सहकर्मीहरु र उनीहरुको परिश्रमलाई नजरअन्दाज गर्ने गर्छ र आफ्नो धेरै समय प्रचलित नियमहरुको पालनामा नै खर्चिन्छ । यस्तो स्वभावलाई ‘माइक्रोम्यानेजमेन्ट’ गर्ने स्वभाव भनेर बुझ्दा पनि हुन्छ ।

 

पीडितः यस्तो स्वभाव हुनु भनेको आफ्नो पेशा तथा व्यवसायमा हुने कुनै पनि गल्तीको कारण आफूलाई नमान्नु हो । हरेक बिषयमा आफू पीडित भएको महशुस गर्ने र अरुलाई दोष दिने स्वभाव हो यो । यस्ता मानिसहरुको व्यवसायीक जीवनमा सहकर्मीहरु माझ विश्वसनियता निकै कम हुन्छ ।

 

आफूलाई निक्कै बाठो चलाख सम्झनेः आफूलाई चाहिनेभन्दा स्मार्ट ठान्ने मानिसले आफ्नो कार्यालयभरी आफू भन्दा होनहार कोही छैनन् भन्ने सोच्दछन् । केही गल्ती भए उनीहरु आफूलाई त्यसबाट टाढा पन्छाउन खोज्छन् । तर, राम्रो भएको खण्डमा आफुले गरेर राम्रो भएको भनेर जस लिन चाँही पछि पर्दैनन् यस्ता स्वभावका मानिसहरु ।

 

रिसाहाः यस्तो व्यवहार ६० वर्षिय मानिसको पनि हुन सक्छ । ६० वर्ष पुग्दा पनि आफ्नो रिसाहा बानी माथी नियन्त्रण गर्ने बिधि नपहिल्याएको पनि हुन सक्छ । यस्ता मानिसहरुले सोचे भन्दा विपरित व्यवहार देखाउन सक्छन्, रिसका कारण ।

 

यस्ता मानिसहरु आफूले भने जस्तो नभए होहल्ला मच्चाउन समेत पछि पर्दैनन् । उनीहरु आफूले भने जस्तो भएन भने रोइ कराई गरेर भएपनि आफूले भने जस्तो गराउने कोशिस गर्छन् ।

 

अति महत्वाकांक्षीः एक हदसम्मको महत्वकांक्षा हुनु ठीकै भए पनि एउटा स्तर भन्दा बढी भए पनि त्यसले नोक्सान नै गर्छ, अति भएपछि खति हुन्छ भने झैं । यस्ता मानिसहरु जसरी भए पनि आफू माथी कसरी पुग्ने भन्नेमै तल्लिन रहन्छन् ।

 

त्यसका लागि जुनसुकै बाटो अपनाउन पनि पछि पर्दैनन् । अरुको सोच वा कामलाई आफ्नो भनेर जस लिन पनि पछि पर्दैनन् यस्ता मानिसहरु ।

 

स्वभाव परिर्वतन गर्नु भनेको निक्कै गाह्रो काम हो । तर, असम्भव भने होइन । आफ्नो स्वभाव र आफूप्रति अरुको दृष्टिकोणलाई राम्रोसँग बुझेर सचेत मस्तिष्कले काम गरे स्वभावमा परिर्वतन ल्याउन सकिन्छ ।

 

यदि कसैमा माथी उल्लेख गरिए झैं स्वभाव छ र त्यसलाई परिर्वतन गर्न उदासिन छ भने उसलाई व्यवसायीक रुपमा अगाडि बढ्न वा सफल हुन भने हम्मेहम्मे नै पर्छ ।

-एजेन्सी

दुई श्रीमती विदेश, श्रीमान् घर कुरुवा... Read Previous

दुई श्रीमती विदेश, श्रीमान् घर कुरुवा...

 स्याउले मूल्य नपाउँदा करोडौंको लगानी बालुवामा पानी Read Next

 स्याउले मूल्य नपाउँदा करोडौंको लगानी बालुवामा पानी