‘नोट अफ डिसेन्ट’ लेख्ने प्राधिकरणका दुई संचालकलाई नहटाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका दुई सञ्चालकलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न सरकारको नाममा अन्तिरिम आदेश दिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकारलाई असहयोग गरेको भन्दै साउन १८ गते संचालकद्धय कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाएका थिए । त्यसपछि आचार्य र पुन सर्वोच्च गएका थिए ।

शुक्रबार सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले मन्त्री खड्काकाे निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

गत साउन ८ गते बसेको प्राधिकरण संचालक समितिको बैठकमा उनीहरूले विद्युत् महसुल उठ्ने ग्यारेन्टी नभई उद्योगमा काटिएको लाइन जोड्न नहुने भन्दै ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।

डेडिकेटेड र ट्रंक लाइन विवादमा सरकारलाई असहयोग गरेको भन्दै मन्त्री खड्काले साउन १६ गते उनीहरुलाई ३ दिने स्पष्टीकरण सोधेका थिए । उनीहरूले पेश गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै मन्त्री खड्काले दुवैजनालाई साउन १८ गते पदमुक्त गरेका थिए ।

विद्युत प्राधिकरणले लेखा समितिलाई पठायो 'एक गाडी' प्रमाण Read Previous

विद्युत प्राधिकरणले लेखा समितिलाई पठायो 'एक गाडी' प्रमाण

डलरको भाउले फेरि बनायो नयाँ रेकर्ड Read Next

डलरको भाउले फेरि बनायो नयाँ रेकर्ड