काठमाडौं । नेपालीको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुक मलेसिया सरकारले विदेशी श्रमिकहरुको पारिश्रमिक बढाउने भएको छ ।
मलेसियाको मानव संसाधन मन्त्रालयका अनुसार यही जनवरी १ तारिखदेखि श्रमिकहरुको न्यूनतम पारिश्रमिक १ सय रिंगेटले बढेर १२ सय रिंगेट (करिब ३३ हजार रुपैयाँ) पुग्ने भएको छ। यसअघि श्रमिकहरुको न्यूनतम पारिश्रमिक ११ सय रिंगेट (करिब ३० हजार रुपैयाँ) थियो।
मलेसियाका विभिन्न सञ्चारमाध्यमका अनुसार पहिलो चरणमा क्यालालम्पुर, पेटालिङ, पेनाङलगायत ५७ वटा सहरहरुमा न्यूनतम पारिश्रमिक लागू हुने भएको छ।
न्यूनतम पारिश्रमिक कार्यान्वयनमा आएसँगै मलेसियामा कार्यरत लाखौँको संख्यामा रहेका नेपाली श्रमिकहरु लाभान्वित हुने छन्।