नेशनल लाइफ र सूर्योदय वोमी लघुवित्तको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सले नागरिक लगानी कोष र हिमालय ऊर्जा विकास कम्पनीको सेयर मूल्य समायोजन गरेको हो ।

दुवै कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले नेशनल लाइफले वितरण गर्ने ४ प्रतिशत बोनस सेयरका आधारमा मूल्य समायोजन गरेको हो । नेप्सेका अनुसार समायोजनपछि नेशनलको नयाँ सेयर मूल्य ७०५.७७ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, सूर्योदय वोमीले वितरण गर्ने १४.००५१ प्रतिशत बोनसका आधारमा मूल्य समायोजन भएको हो । लघुवित्तको नयाँ सेयर मूल्य १०१३.११ रुपैयाँ कायम भएको छ ।

अब यही समायोजित मूल्यका आधारमा बिहीबार दोस्रो बजारमा दुवै कम्पनीको सेयर कारोबार खुल्ने छ।

रोकिएन डलरको मूल्य वृद्धि, फेरि बनायो नयाँ रेकर्ड Read Previous

रोकिएन डलरको मूल्य वृद्धि, फेरि बनायो नयाँ रेकर्ड

हिमालय ऊर्जाको हकप्रद खुल्यो, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ? Read Next

हिमालय ऊर्जाको हकप्रद खुल्यो, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ?