हिमालय ऊर्जाको हकप्रद खुल्यो, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ?

काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले आज (कार्यालय समय)देखि हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ९९ करोड रुपैयाँ बराबरको ९९ लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।

कम्पनीको हकप्रदमा भदौ १२ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले हकप्रद प्रयोजनका लागि असार २० गते बुकक्लोज गरेको थियो। सो अनुसार असार १९ गतेसम्म कायम सेयरधनीले कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले कम्पनीको हकप्रद बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ, नेपाल धितोपत्र बोर्डबाट अनुमति अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरो सेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् । त्यस्तै, लक्ष्मी सनराइज बैंकको गोकुल गंगा गाउँपालिका, शिवालय, रामेछापबाट पनि आवेदन दिन सक्नेछन्।

हकप्रद निष्काशनका लागि गराइएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई आइआरएन डबल बी इस्यूअर’ रेटिङ दिएको छ। यसले कम्पनीको समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

हाल कम्पनीको चुक्ता पूँजी ९९ करोड रुपैयाँ छ । हकप्रद निष्काशनपछि १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ ।

नेशनल लाइफ र सूर्योदय वोमी लघुवित्तको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ? Read Previous

नेशनल लाइफ र सूर्योदय वोमी लघुवित्तको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

नेपाली आकाशमा ११० हवाई दुर्घटना, सुरक्षाबारे उब्जियो गम्भीर प्रश्न  Read Next

नेपाली आकाशमा ११० हवाई दुर्घटना, सुरक्षाबारे उब्जियो गम्भीर प्रश्न