काठमाडौं । बुधबार एयर डाइनेस्टीको कल साइन ९ एन-एजेडी हेलिकप्टर दुर्घटनामा पाइलटसहित पाँचजनाको मुत्यु भएको छ ।
आज दिउँसो १:५४ बजे काठमाडौंबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको हेलिकप्टर दिउँसो २:१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका-७ स्थित सूर्यचौरमा दुर्घटनाग्रस्त भएको थियो । उक्त हेलिकप्टर उडेको ३ मिनेटमै सम्पर्कविहीन भएको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चार चिनियाँ (तीन पुरुष र एक महिला) नागरिकको मृत्यु भएको हो ।
सो दुर्घटनामा परी मृत्यु भएका मृतकहरूको शव सङ्कलन भई शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौं ल्याउने कार्य भइरहेको प्राधिकरणले जनाएको छ ।
यससँगै नेपालमा हालसम्म दुर्घटना हुने हेलिकप्टरको संख्या ४० वटा पुगेको छ । ४५ वर्षको अवधिमा नेपालमा ४० वटा हेलिकप्टर दुर्घटना भएको हो ।
प्राधिकरणको तथ्यांक अनुसार नेपालमा पहिलोपटक सन् १९७९ डिसेम्बर २७ मा लाङटाङमा हेलिकप्टर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो ।
अन्तिम पटक सन् ११ जुलाई २०२३ मा सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको थियो । त्यस दुर्घटनामा पनि ६ जनाको मृत्यु भएको थियो ।
सन् २००६ मा एकै वर्षमा ५ वटा हेलिकप्टर दुर्घटना भएको थियो । ती दुर्घटनमा २४ जनाको मृत्यु भएको थियो ।
कहिले कहाँ भयो दुर्घटना ?