फर्स्ट माइक्रोफाइनान्सकोे नाफा घट्यो, वितरणयोग्य नाफा कति ?

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको खुद नाफामा गिरावट आएको छ । लघुवित्तले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १२.०४ प्रतिशतले घटेको हो ।

लघुवित्तले गत आवको असार मसान्तसम्ममा १७ करोड ४२ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आव २०८०र८० को तुलनामा २ करोड ३९ लाख रुपैयाँ कम हो । लघुवित्तले अघिल्लो वर्ष असारसम्म १९ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफा घट्दा खुद नाफामा गिरावट आएको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २८.८७ प्रतिशतले घटेर ३० करोड ८१ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, संचालन मुनाफा १२.३८ प्रतिशतले घटेर २५ करोड १० लाख रुपैयाँमा सीमित भएको छ ।

समीक्षा अवधिमा लघुवित्तले ६ अर्ब ९६ करोड रुपैयाँ सापटी लिई ७ अर्ब ४४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

हाल १ अर्ब २३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा २९ करोड १० लाख रुपैयाँ र रिटेन्ड अर्निङमा १३ करोड ६९ लाख रुपेयाँ संचित छ । लघुवित्तको वितरण योग्य नाफा १३ करोड ६९ लाख रुपैयाँ छ । यसबाट ११.१० प्रतिशतसम्म लाभांश दिन सक्छ ।

नाफा घटेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १७.२६ रुपैयाँबाट घटेर १४.१३ रुपैयाँमा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ १३४.७६ रुपैयाँ छ ।

यस अवधिमा लघुवित्तको खराब कर्जा ०.६६ प्रतिशतबाट बढेर २.०७ प्रतिशत पुगेको छ ।

सेयर बजारमा 'इन्साइडर ट्रेडिङ' भइरहेको पूर्वअर्थमन्त्रीको आशंका Read Previous

सेयर बजारमा 'इन्साइडर ट्रेडिङ' भइरहेको पूर्वअर्थमन्त्रीको आशंका

नेपाली मुद्रा झन्झन् कमजोर बन्दै, डलरको मूल्य हालसम्मकै उच्च Read Next

नेपाली मुद्रा झन्झन् कमजोर बन्दै, डलरको मूल्य हालसम्मकै उच्च