सेयर कारोबारमा रेकर्ड, यी १० कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । बिहीबार सामान्य ५ अंकको करेक्सन आएको नेप्से आज ४० अंकले बढेको हो ।

साेमबार नेप्से परिसूचक ४०.७६ अंकले बढेर २७९६.३८ बिन्दुमा पुगेको छ । इन्ट्रा डेमा नेप्से २८०० बिन्दु माथि उक्लिए पनि टिक्न भने सकेन ।

सूचकसँगै आज कारोबार रकममा उछाल आएको छ ।आज इतिहासकै दोस्रो धेरै २१ अर्ब ८६ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । साउन १६ गते इतिहासकै सर्वाधिक २१ अर्ब ९१ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । लगातार ३ दिनदेखि साढे २१ अर्ब बढीको कारोबार हुँदै आएको छ ।

कारोबारमा आएका १३ वटा समूहमध्ये ७ समूहको परिसूचक बढेको छ भने ६ को घटेको छ । होटल समूहको परिसूचक सर्वाधिक ६.६९ प्रतिशतले बढेको छ । त्यस्तै, व्यापार र अन्य समूहको परिसूचक पनि साढे ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको १ अर्ब २६ करोड रुपैयाँ बढीको १५ लाख ४८ हजार ९६४ कित्ता सेयर किनबेच भएको छ । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चरको ४९ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

कारोबारमा आएका मध्ये १६३ कम्पनीको सेयर मूल्य बढेको छ भने ७८ कम्पनीको मूल्य घटेको छ ।

उच्च अंकले बढेको बजारमा आज १० कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । रुरु जलविद्युत्, सीईडीबी हाइड्रोपावर, सगरमाथा जलविद्युत्, भगवती हाइड्रोपावर, माथिल्लो मैलुङ खोला, भिजन लुम्बिनी, मुक्तिनाथ कृषि कम्पनी, सिटी होटल र कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यस्तै, माउनटेन हाइड्रो, हाथवे इन्भेष्टमेन्ट, रावा इनर्जी र हिमालयन रि इन्स्योरेन्सका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

आज नेपाल फाइनान्सका सेयरधनीले भने ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।

सरकारले सेयर बजारलाई अनुशासित, मर्यादित, पारदर्शी ढंगले अघि बढाउँछ : अथर्मन्त्री पौडेलको अन्तर्वार्ता Read Previous

सरकारले सेयर बजारलाई अनुशासित, मर्यादित, पारदर्शी ढंगले अघि बढाउँछ : अथर्मन्त्री पौडेलको अन्तर्वार्ता

३०० उद्योगको अनुगमन गर्नुपर्ने खाद्य प्रविधि कार्यालयमा एक मात्र कर्मचारी Read Next

३०० उद्योगको अनुगमन गर्नुपर्ने खाद्य प्रविधि कार्यालयमा एक मात्र कर्मचारी