फास्ट ट्रयाकको चौथो सुरुङ ‘ब्रेक थ्रु’

काठमाडौं–तराई/मधेस द्रुतमार्गमा निर्माणधीन सुरुङमार्ग ।

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई द्रुतमार्ग (फास्ट ट्रयाक) अन्तर्गत धेद्रे सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंबाट निजगढ जाने धेद्रे सुरुङ ‘ब्रेक थ्रु’ गरेका हुन् ।

आज ब्रेक थ्रु गरिएको सुरुङको लम्बाइ १ हजार ७२८ मिटर लामो छ । यसको निर्माण पोलि छङ्गदा निर्माण कम्पनीले गरिरहेको छ ।

यसअघि फास्ट ट्रयाकमा ३ वटा सुरुङ ‘ब्रेक थ्रु’ भइसकेका छ । गत जेठ ११ गते धेद्रे सुरुङमार्गको जोडी सुरुङमध्ये निजगढबाट काठमाडौंतर्फ आउने १ हजार ६५३ मिटर लामो सुरुङमार्गको ‘ब्रेक थ्रु’ गरिएको थियो ।

त्यस्तै, असार २० गते लेनडाँडा (निजगढबाट काठमाडौं आउने दायाँ) १६२२ मिटर लामो सुरुङको ब्रेक थ्रु गएिको थियो । गत ४ जेठमा फास्ट ट्रयाकको लेनडाँडामै रहेको काठमाडौंबाट निजगढतर्फ जाने १ हजार ६३३ मिटर लामो सुरुङ ‘ब्रेक थ्रु’ गरिएको थियो ।

फास्ट ट्रयाकमा हाल तीन ठाउँ धेद्रे, लेनडाँडा र महादेव टारमा जोडी सुरुङ निर्माण भइरहेका छन् । तीमध्ये लेनडाँडा र धेद्रेका दुवै सुरुङ ब्रेक थ्रु भएको छ । अब महादेवटारका दुइटा सुरुङ ब्रेक थ्रु हुन बाँकी छ ।

फास्ट ट्रयाककै लामो महादेवटार ३ हजार ३५५ मिटर लामो सुरुङ निर्माण भइरहेको छ । यसको पनि ८० प्रतिशत बढी काम पूरा भइसकेको छ ।

यी बाहेक फास्ट ट्रयाकमा थप ३ सुरुङमार्ग निर्माण हुने छन् । २ हजार २५० मिटरको चन्द्राम भीर, १ हजार मिटरको देविचौर र ३९० मिटर दूरीको सिसौटार सुरुङ डिजाइनको क्रममा छन् ।

द्रुतमार्ग निर्माणलाई सेनाले ११ वटा प्याकेजमा विभाजन गरी काम गरिरहको छ । जसमा प्याकेज नं. १ देखि ७ र १० को ठेक्का लागेर हाल धमाधम काम भइरहेको छ । बाँकी खण्डको भने ठैक्का लाग्न बाँकी छ । २०८३ चैतसम्म म्याद रहेको आयोजनाको हालसम्म भौतिक करिब ३५.३८ प्रतिशत रहेको छ ।

बैंकको लाभांश क्षमता ३० प्रतिशतसम्म, ४ वटाले दिन नसक्ने, कुनको कति ? Read Previous

बैंकको लाभांश क्षमता ३० प्रतिशतसम्म, ४ वटाले दिन नसक्ने, कुनको कति ?

सरकारले सेयर बजारलाई अनुशासित, मर्यादित, पारदर्शी ढंगले अघि बढाउँछ : अथर्मन्त्री पौडेलको अन्तर्वार्ता Read Next

सरकारले सेयर बजारलाई अनुशासित, मर्यादित, पारदर्शी ढंगले अघि बढाउँछ : अथर्मन्त्री पौडेलको अन्तर्वार्ता