काठमाडौं । माछापुच्छ्रे बैंक कैलालीको श्री नवदुर्गा माध्यमिक बिद्यालयमा खानेपानी सेवाको लागि आवश्यक पूर्वाधार निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत खानेपानीको आवश्यक पूर्वाधार बनाइ शुक्रबार विद्यालय व्यवस्थापन समिति एंव विद्यालय प्रशासनलाई हस्तान्तरण गरेको हो ।
खानेपानीको असुविधाका कारण पठनपाठनमा समेत समस्या भइरहेको जानकारी पाएपछि बैंकले उक्त विद्यालयको अवस्था अवलोकन गरी उक्त पूर्वाधारहरू निर्माण गरेको हो ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरूमा विभिन्न संघसंस्थाहरूसंग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तिय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरूमा काम गर्दै आएको छ ।