काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघको अध्यक्षमा शिवम् सिमेन्टका प्रबन्ध निर्देशक रघु नन्दन मारु सर्वसम्मत चयन भएका छन् ।
शुक्रबार सम्पन्न संघको २० औं वार्षिक साधारण सभाले आगामी ३ वर्षको लागि मारु लाई अध्यक्षमा चयन गरेको हो ।
त्यस्तै, संघको उपाध्यक्ष तारा पोखरेल र विकास दुगड चयन भएका छन् । महासचिवमा राजाराम खड्का र कोषाध्यक्षमा अरुण कर्ण निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष मारुले नेपाल सिमेन्टमा आत्मानिर्भर हुँदै गर्दा सिमेन्ट उद्योगसंग सम्बन्धित दीर्घकालिन तथा अल्पकालीन समस्याहरूको समाधान, स्थायित्व गुणस्तरीय उत्पादन, बजार व्यवस्थापन जस्ता कुराका लागि निजी क्षेत्रबाट सिमेन्ट उत्पादक संघ र सरकार बीच सहकार्य गरी अघि बढ्ने बताए ।