सुनको मूल्यले बनायो हालसम्मकै महँगोको रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि हालसम्मकै महँगोको रेकर्ड बनाएको छ । पछिल्लो समय हप्तैपिच्छे जसाे नयाँ रेकर्ड बनाउँदै आएको सुनको मूल्य आज इतिहासकै महँगो भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख ४९ हजार ९०० रुपैयाँ पुगेको छ ।

यो नेपाली बजारमा अहिलेसम्मकै महँगो हो । यसअघि साउन २ गते भाउ प्रतितोला १ लाख ४९ हजार ८०० रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ४१० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँ घटेर १७९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अब उपत्यकाका खोला किनारको ४० मिटरभित्र संरचना बनाउन नपाइने Read Previous

अब उपत्यकाका खोला किनारको ४० मिटरभित्र संरचना बनाउन नपाइने

कर्णालीमा ३११ सहकारीले लगानी गरे साढे ११ अर्ब ऋण Read Next

कर्णालीमा ३११ सहकारीले लगानी गरे साढे ११ अर्ब ऋण