कृषि विकास बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले

काठमाडौं । कृषि विकास बैंकले १३ औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सभा पुस २७ गते केन्द्रीय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बिहान ११ बजे शुरु हुनेछ।

 

सभामा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको ३० प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव मुख्य एजेन्डाको रुपमा लैजाने भएको छ ।

 

बैंकले ६ प्रतिशत बोनस शेयर र २४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।  यस्तै सभामा  अग्राधिकार शेयरधनीहरुलाई चुक्ता पूँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश गर्ने भएकाे छ ।

 

साधारण सभा प्रयोजनको लागि बैंकले पुस १३ गतेदेखि २७ गतेसम्म बुकक्लोज गर्ने भएको छ। तसर्थ पुस ११ गते शुक्रबार र १२ गते शनिबार परेकोले पुस १० गते बिहीबारसम्म कायम रहेका शेयरधनीहरुले साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

 

पौने ८६ अर्बको लगानी प्रतिवद्धता आउँदा कृषिमा जम्मा ७४ करोड Read Previous

पौने ८६ अर्बको लगानी प्रतिवद्धता आउँदा कृषिमा जम्मा ७४ करोड

१३ अर्बको राजश्व छली गर्ने सरकारी कर्मचारीसहित ५१५ विरुद्ध मुद्दा Read Next

१३ अर्बको राजश्व छली गर्ने सरकारी कर्मचारीसहित ५१५ विरुद्ध मुद्दा