सेयर कारोबारमा नयाँ रेकर्ड, दर्जन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । गत असार १७ गतेदेखि बढ्दो ट्रेन्डमा रहेको नेप्समा आज पनि ६४ अंकको वृद्धि भएको हो ।

बुधबार नेप्से परिसूचक ६४.२५ अंकले बढेर २६६०.९० बिन्दुमा पुगेको छ । सूचकसँगै आज कारोबार रकमा पनि उछाल आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार ४ अर्ब ६५ करोड रुपैयाँले बढेर २१ अर्ब ९१ करोड रुपैयाँमा पुगेको छ ।

यो इतिहासकै धेरै कारोबार हो । यसअघि २०७८ साउन ३१ गते २१ अर्ब ६४ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । आज ३२२ कम्पनीको ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूच्कमा हरियाली छाएको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक ८.०८ प्रतिशतले बढेको छ । त्यस्तै, लगानी समूहको परिसूचक ६.८९ प्रतिशतले बढेको छ ।

आज हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको ८४ करोड ४९ लाख रुपैयाँ बढीको ११ लाख ४३ हजार ५६९ कित्ता सेयर किनबेच भएको छ । त्यस्तै, माउन्टेन इनर्जीको ४१ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

कारोबारमा आएका मध्ये १९१ कम्पनीको सेयर मूल्य बढेको छ भने ४४ कम्पनीको मूल्य घटेको छ ।

उच्च अंकले बढेको बजारमा आज १ दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । युनाइटेड अजोड इन्स्योरेन्स, गोर्खा फाइनान्स, श्री इन्भेष्टमेन्ट, रिलायन्स फाइनान्स, दिव्यश्वरी हाइड्रोपावर, मकर जितुमाया हाइड्रोपावर, नागरिक मिडिया र कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यसैगरी, नेपाल वेयर हाउजिङ, प्रोग्रेसिभ फाइनान्स, ओरेन्टल होटल र समृद्धि फाइनान्सका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

आज आत्मनिर्भर लघुवित्तका सेयरधनीले भने सर्वाधिक ६.५२ प्रतिशतले गुमाएका छन् ।

पर्सामा एकै वर्षमा २३२ साना तथा घरेलु उद्योग खारेज Read Previous

पर्सामा एकै वर्षमा २३२ साना तथा घरेलु उद्योग खारेज

निर्जीवन बीमाले १ वर्षमा गरे साढे ४१ अर्बको व्यापार, शिखरको ५ अर्ब नाघ्दा अरूको कति ? Read Next

निर्जीवन बीमाले १ वर्षमा गरे साढे ४१ अर्बको व्यापार, शिखरको ५ अर्ब नाघ्दा अरूको कति ?