बाढीले पुलमा क्षति पुर्‍याउँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध

काठमाडौं ।बाढीले महोत्तरीको बेलगाछी पुलमा क्षति र्पुयाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

ढुंग्रेखोलामा आएको बाढीले बेलगाछी पुलको एकतर्फको पिलर रहेको भागको सडक नै भासिएपछि अवरुद्ध भएको हो ।

मंगलबार राती आएको बाढीले पुलभन्दा पश्चिमचर्फको सडक बगाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

पुल क्षतिग्रस्त भएपछि रोकिएका सवारी साधनलाई वैकल्पिक सडक प्रयोग गरी आवतजावतको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

क्षतिग्रस्त राजमार्ग साँझसम्म मर्मत गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

सस्तो ब्याजको फाइदा उठाउँदै सरकार, नयाँ आवको सुरूमै ऋण लिँदै Read Previous

सस्तो ब्याजको फाइदा उठाउँदै सरकार, नयाँ आवको सुरूमै ऋण लिँदै

पर्सामा एकै वर्षमा २३२ साना तथा घरेलु उद्योग खारेज Read Next

पर्सामा एकै वर्षमा २३२ साना तथा घरेलु उद्योग खारेज