लुभुमा रुख ढल्दा लाकुरीभञ्ज्याङ जाने सडक अवरुद्ध

काठमाडौं । ललितपुरको लुभुमा पिपलको रुख ढल्दा सडक अवरुद्ध बनेको छ ।

गएराति परेको अविरल वर्षाका कारण महालक्ष्मी नगरपालिका-८, स्थित तल्लो चौतारामा रहेको पिपलको रूख ढल्दा बुधबार बिहानै देखि सडक अबरुद्ध भएको हो ।

उक्त सडक ग्वार्को हुँदै लाकुरी भञ्ज्याङ जाने मुख्य सडक हो । अहिले सो सडकहुँदै गुड्ने चारपाँग्रे सवारीसाधन डाइभर्सन गरिएको छ । दुई पाङ्ग्रे सवारीसाधन भने आवतजावत भइरहेका छन्।

अबरुद्ध सडक खुलाउनका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिरहेको छ । रुखलाई काटेर पन्छ्याउने काम भइरहेको छ।

८ वर्षमा त्रिशूली खसेका २१ गाडी भेटिएनन्, ५५ जना बेपत्ता Read Previous

८ वर्षमा त्रिशूली खसेका २१ गाडी भेटिएनन्, ५५ जना बेपत्ता

बैंकिङ प्रणालीबाट एकैदिन ४० अर्ब तान्दै राष्ट्र बैंक Read Next

बैंकिङ प्रणालीबाट एकैदिन ४० अर्ब तान्दै राष्ट्र बैंक